Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै,संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै,संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७७ मंगलवार • १०:०७:३४ बजे
  • 2.3K
    SHARES
  • राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै,संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ । स्रोतका अनुसार संसद पुनस्र्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरिरहेका छन् ।

    images

    विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँग पनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिएको स्रोतको भनाइ छ । ‘संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी छ’, स्रोत भन्छ, ‘त्यसका लागि आफू पक्षीय नेता तथा विपक्षी दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले परामर्श लिनुभएको छ ।

    त्यसका लागि प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक डाकेकाे जनाइएकाे छ । यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

    परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबार बिहान डाकिएको बैठक नियमित भएको प्रतिक्रिया दिएका छन् । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # संकटकाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology