Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लक्ष्मी बैंक लिको अगुवाईमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना कर्जा सुविधा सम्झौता

लक्ष्मी बैंक लिको अगुवाईमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना कर्जा सुविधा सम्झौता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७७ मंगलवार • ११:४२:२२ बजे
  • 1.8K
    SHARES
  • लक्ष्मी बैंक लिको अगुवाईमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना कर्जा सुविधा सम्झौता

    माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि.को अगुवाईमा माछापुच्छ्रे बैंक लि. समेत जम्मा २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी आज मिति २०७७÷११÷१० का दिन कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोछ । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेकोछ ।

    images

    माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ । माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष श्री राजेश लाल श्रेष्ठ हनु हुन्छ ।

    बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (रु.६५ करोड ५९ लाख) र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी  (भ्त्रगष्तथ) रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेकोछ ।

    – लक्ष्मी बैंक लि.को रु.३९ करोड ९९ लाख

    – माछापुच्छ्रे बैंक लि.को रु.२५ करोड ६० लाख

    उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर ९न्ध्ज० विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

    नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९÷२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology