Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आफ्ना लामा खुट्टाको कारण चर्चित युवती

आफ्ना लामा खुट्टाको कारण चर्चित युवती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • १६:५४:०७ बजे
  • 1.3K
    SHARES
  • आफ्ना लामा खुट्टाको कारण चर्चित युवती

    दुनियामा केही व्यक्तिहरु यस्ता छन् जो आफ्नो शरीरको संरचनाका कारण विश्व प्रसिद्ध बनेका छन् । कसैको सबैभन्दा लामो कपाल छ त कसैको सबैभन्दा लामो नङ । त्यस्तै कसैको जिउ संसारमै सबैभन्दा अग्लो छ त कसैको सबैभन्दा होँचो । एकजना युवती यस्ती छिन् जो आफ्ना लामा खुट्टाको कारण चर्चित छिन् ।

    images

    रेन्सेखहार्लु बड नामकी ती युवतीको सरीरको उचाइँ ६ फुट ९ इन्च छ । त्यसमा उनको खुट्टाको लम्बाइ नै ५२.८ इन्च छ । कम्मर देखि पाइताला सम्मको खुट्टाको भाग यति लामो छ कि उनी संसारकै दोश्रो ठूलो खुट्टा भएकी महिला हुन् । संसारमा सबैभन्दा लामो खुट्टा भएको महिलाको पहिलो नम्बरमा चाहीँ अमेरिकाकी म्याकी कुरिन पर्दछिन् । उनको खुट्टाको लम्बाई ५३ इन्च छ ।

    मंगोलियामा जन्मिएकी रेन अहिले अमेरिकाको शिकागोमा बस्दछिन् । उनलाई आफ्ना लम्बेतान खुट्टासँग ठूलो प्रेम छ । उनले आफ्ना खुट्टाको लम्बाइ दुनियालाई देखाउनकै लागि सधै स्कर्ट तथा शर्ट लगाउने गर्दछिन्। हुनत असामान्य लामा खुट्टाका कारण उनले दैनिक जिवनमा विभिन्न खालका कठिनाईहरु बेहोर्नु नपरेको होइन। घर, क्लब, अफिस लगायतका कुनैपनि ठाउँमा छिर्नकै लागि समेत उनलाई गाह्रो हुन्छ । तर उनले ती कठीनाईलाई जिवनको अद्वितीय अनुभवको रुपमा स्विकारेकी छिन् ।

    रेनको खुट्टा तथा पूरै सरीर नै अत्यन्तै लामो हुनुमा वंशाणुगत प्रभाव रहेको छ । उनका बुवाको उचाइँ ६ फिट १० इन्च छ भने आमाको उचाइँ ६ फिट १ इन्च छ ।

    सोसल मिडियामा उनी निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनले प्रायः आफ्ना नयाँनयाँ तस्वीरहरु अपलोड गर्ने गर्दछिन् । उनले अग्ला युवतीहरुका लागि सुरुवालहरु उत्पादन गर्ने एक ब्राण्डका लागि मोडलिङ पनि गर्दछिन् । एजेन्सी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology