Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल दलित मुक्ति संगठनको प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल दलित मुक्ति संगठनको प्रदर्शन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १५:२६:१३ बजे
  • 1.4K
    SHARES
  • प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल दलित मुक्ति संगठनको प्रदर्शन

    विराटनगर - प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार दलित समुदायले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ । नेपाल दलित मुक्ति संगठनको नेतृत्वमा प्रदर्शन भएको हो ।

    images

    विराटनगरको तीनपैनीबाट निस्किएको जुलुसले प्रतिगमनको विरोधमा नाराबाजी गर्दै विराटनगर बजार परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभा गरेको थियो ।

    प्रदर्शनमा सहभागी हुन मोरङका विभिन्न स्थानबाट दलितहरू विराटनगर आएका थिए । कोणसभामा प्रदेश १ सांसद उमिता बराइली, दलित मुक्ति संगठनका नेता कृष्ण रसाइली, नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश सदस्य भोगेन्द्र यादव, दलित मुक्ति संगठन मोरङका संयोजक कपिल सुनारलगायतले प्रतिगमन रहेसम्म दलितका हक अधिकार सुनिश्चित हुन नसक्ने बताएका थिए ।

    उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना भएर संविधानको रक्षा भए मात्र दलितहरूले त्याग र बलिदान दिएर प्राप्त भएका दलित अधिकारको रक्षा हुने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology