Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज तोलामा ११ सयले बढ्यो

सुनको भाउ आज तोलामा ११ सयले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७७ मंगलवार • १५:५२:५० बजे
  • 844
    SHARES
  • सुनको भाउ आज तोलामा ११ सयले बढ्यो

    सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ ।

    images

    अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology