Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा पुनःस्थापना

अदालतको फैसला : नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो - प्रचण्ड

अदालतको फैसला : नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो - प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १९:११:५२ बजे
  • 1.9K
    SHARES
  • अदालतको फैसला : नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो - प्रचण्ड

    पोखरा - नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’ 

    images

    सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए । उनीहरुले त्यही संसद पुनर्स्थापना भएको खबर सुने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुगेका थिए । तर संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।
    प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताए ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पारे ।

    सर्वोच्चको आदेश आएपछि उनले  ‘नेपाली जनताले आफैं लेखेको संविधानको जित भएको छ । अदालतप्रतिके जनआस्था सुदृढ भएको छ ।’

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology