Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ - प्रवक्ता नारायणकाजी श्रेष्ठ

अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ - प्रवक्ता नारायणकाजी श्रेष्ठ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १९:२०:४९ बजे
  • 2.4K
    SHARES
  • अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ -  प्रवक्ता नारायणकाजी श्रेष्ठ

    पोखरा - सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन् ।

    images

    सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।

    अदालतको फैसलापछि अनलाइनखबरसँग कुरा गर्दै प्रचण्ड माधव समूहका प्रवक्ता श्रेष्ठले भने ,सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको छ । संविधान र लोकतान्त्र रक्षा गर्न काम गरेको छ । राजनीतिक संकट गहिरिएर मुलुक अँध्यारो सुरुङमा जाने खतराबाट जोगाएको छ ।

    उनले अघि भने, अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ । उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology