पोखरा - प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि राजनीतिक गोलचक्कर उसैगरी चलिरहने प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले कसैले दिपावली र कसैले रुवाबासी गर्नुको अर्थ नरहेको उल्लेख गरेका छन् ।
'राजनीतिले संसद्मा असर गरेकाे हाे,संविधानले हाेइन । त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि ! राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ। केकाे दीपावली केकाे रुवावासी ? बाँकी हेर्दै जाने हाे,' बाँस्कोटाले लेखेका छन् ।
