Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री ओलीको राजिनामा

प्रधानमन्त्री ओलीको राजिनामा तुरुन्त - वामदेव गौतम

प्रधानमन्त्री ओलीको राजिनामा तुरुन्त - वामदेव गौतम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १२:४६:२९ बजे
  • 1.2K
    SHARES
  • प्रधानमन्त्री ओलीको राजिनामा तुरुन्त - वामदेव गौतम

    पोखरा - नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्।

    images

    बुधबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

    सर्वोच्चले संसद पुनर्स्थपानाको फैसला गरेको भोलिपल्ट गौतमले विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला आएको फागुन ११को दिन ऐतिहासिक महत्वको भएको पनि बताएका छन् ।

    यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ, गौतमले भनेका छन्, आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो।  यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु।

    यस्तो छ गौतमले जारी गरेको विज्ञप्तिbaam prees note.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology