Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महेश बस्नेतले भने,'बाबुराम भट्टराई र झलनाथ खनाल मानासिक रोगी' प्रचण्ड र माधव गद्दार!

महेश बस्नेतले भने,'बाबुराम भट्टराई र झलनाथ खनाल मानासिक रोगी' प्रचण्ड र माधव गद्दार!

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १३:३५:५५ बजे
  • 7.5K
    SHARES
  • महेश बस्नेतले भने,'बाबुराम भट्टराई र झलनाथ खनाल मानासिक रोगी' प्रचण्ड र माधव गद्दार!

    पोखरा - नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाललाई मानासिक रोगी भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै बस्नेतले उक्त आरोप लगाएका हुन्।

    images

    उपचारका लागि भारत गएका जसपा अध्यक्षसमेत रहेका बाबुरामको रोग के रहेछ भन्ने कुरा अहिले बुझेको उनको भनाई थियो। 'बाबुरामको रोग के रहेछ हामीले बुझ्यौ। मानासिक रोग थियो। प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको निर्णय आएपछि अहिले निको भएको छ,' उनले भने, 'झलनाथको रोग निको भइसकेको छ। मानासिक रोग निको भइसक्यो।'

    छाँदाखाँदाको ओली सरकारलाई ढाल्न खोजेर प्रचण्ड माधवले इतिहासमै गम्भीर भुल गरेको बस्नेतको तर्क थियो। यसले प्रचण्ड र माधव नेपालाई इतिहासले ललकार्ने उनको दाबी रह्यो।

    'एकीकरणबाट समीकरणतिर गयो। केपी ओलीको छाँदाखाँदाको सरकारलाई ढालेर। प्रधानमन्त्रीको पद किस्तीमा काँग्रेसलाई बुझाउने प्रचण्ड र नेपाललाई इतिहासले ललकार्नेछ, धिक्कार्नेछ,' बस्नेतले भने, 'त्यसैले उहाँहरु पार्टी विभाजन नभएको स्विकार गर्नुपर्छ संसदीय दलको बैठकमा, सचिवालय बैठकमा ओलीलाई नेता मानेर आउनुपर्नेछ।'

    वामदेवको रोडम्याप लागू हुनेमा आफूलाई शंका रहेको उल्लेख गर्दै उनले प्रचण्ड माधव प्रधानमन्त्रीको खोजीमा रहेको बताए।

    'संसदीय सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुहुन्छ। वर्तमान प्रधानमन्त्रीविरुद्ध कसलाई बनाउने प्रधानमन्त्री बनाएर अविश्वासको प्रस्ताव गर्ने? विजय जुलुसमा अबिर लाउनु भएको छ। लड्डु खानुभएको छ। अबको बेहुला को हो?,' बस्नेतले प्रश्न गरे, 'अब तपाईको दुबोको माला लिएर शेरबहादुर देउवा, रामचन्द्र पौडेललाई लगाउन खोज्नुभयो भने तपाईहरु नेपालका कम्युनिस्ट आन्दोलनको गद्दार बन्नुहुन्छ।'

    उनले माधव नेपाललाई पार्टीमा फर्केर आउन र केपी ओलीलाई साथ दिनसमेत आग्रह गरे।

    बस्नेतले ओलीलाई रानो मौरीको संज्ञा दिँदै रोयल हनी खुवाउन युवा संघ सदैव तत्पर रहने बताए। 'ओलीले हामीलाई कामदार मौरीको संज्ञा दिनुभएको छ। कामदार मौरीले ल्याएका रसहरु चोरेर खाएका भाले मौरीहरु ढाँडिएका छन्। त्यस्ता भाले मौरीहरुलाई कामदार मौरीले काम नलाग्ने देखिएपछि टोकीटोकी मारिदिन्छन्। यस्तै कामदार मौरी हो युवा संघ भनेको। कामदार मौरीले रानो मौरीलाई रोयल हनी खुवाउँछ। केपी ओलीलाई हामी रोयल हनी खुवाउँछौ।'

    बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरे। 'केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ,' प्रचण्ड माधवलाई संकेत गर्दै बस्नेतले भने। अबको राजनीतिक विकल्प भनेको काँग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो। 'काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ,' बस्नेतले भने।

    नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाई थियो।

     

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology