Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने

ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १५:३४:०० बजे
  • 847
    SHARES
  • ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने

    पोखरा - नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।

    images

    समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनर्स्थापित गर्दै फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ ।

    यस्तै स्थायी कमिटी बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकपछि प्रवक्ता ज्ञवालीले प्रतिनिधि सभाको अधिवेशन निर्धारित समयमै बोलाइने र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णयसमेत भएको बताए।

    बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # नेकपा ओली समूह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology