Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समूहको स्थायी कमिटी बैठक सकियो , ओलीले पदबाट राजीनामा नदिने

ओली समूहको स्थायी कमिटी बैठक सकियो , ओलीले पदबाट राजीनामा नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • १५:३९:२३ बजे
  • 1.7K
    SHARES
  • ओली समूहको स्थायी कमिटी बैठक सकियो , ओलीले पदबाट राजीनामा नदिने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पनुःस्थापना गर्ने फैसला गरेपछि बालुवाटारमा बसेका बैठक सकिएको हो ।

    images

    बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार संसद बैठक बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए । बैठकमा नेताहरु ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल लगायतको सहभागी छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

    प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेपनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताइसकेको छ । संसदको सामना गर्ने बताइसकेको छ । प्रचण्ड–नेपाल समूह अहिले देशभर विजय जुलुस निकालिरहेका छन् । ओली समूह रणनीति तय गर्ने बैठकहरुमा व्यस्त हुन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology