Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीले गल्ती स्वीकार गरेर माफी मागे पार्टी एकता सम्भव

प्रधानमन्त्रीले गल्ती स्वीकार गरेर माफी मागे पार्टी एकता सम्भव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • १८:४०:३३ बजे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्रीले गल्ती स्वीकार गरेर माफी मागे पार्टी एकता सम्भव

    नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको निर्णय भएको बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगले सोच्ने भएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर आत्मलोचना गरेर क्षमा माग्ने स्थितिमा पार्टी एकताको सम्भावना अझै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आफूहरु हिजो पनि पार्टी एकताको पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले पार्टी र देशलाई दुर्घटनाको स्थितिमा पुर्याउने काम ओलीले नै गरेको बताए । भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लागेकाहरुलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयनका लागि सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

    सर्वोच्चका फैसला आउनासाथ प्रधानमन्त्रीका राजीनामा माग गरिएपनि अहिलेसम्म नदिएको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीले राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन । प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology