प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसामान्य भएको बताएका छन । प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोही पनि हौसिनुको अर्थ नभएको बताए ।
प्रचण्ड–माधवलाई लक्षित गर्दै भने ‘मेरा केही भाइहरुले लड्डु ख्वाई–ख्वाई गरे रे । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ, मुख मिठ्याएर के पाउँछ ? त्यो चाहिँ हेर्नुछ । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड–माधवले मंगलबार चितवनमा एकले अर्कालाई लड्डु खुवाएर खुशियाली मनाएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग हुने कुराप्रति पनि संकेत गरे । उनले भने,भोलिपर्सीबाट राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । सर्वोच्चको फैसला सामान्य कुरा हो