Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अत्यावश्यक बाहेक उपत्यका नछोड्न नेकपा प्रचण्ड माधव समूहका सांसदहरुलाई निर्देशन

अत्यावश्यक बाहेक उपत्यका नछोड्न नेकपा प्रचण्ड माधव समूहका सांसदहरुलाई निर्देशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १९:०४:५९ बजे
  • 1.4K
    SHARES
  • अत्यावश्यक बाहेक उपत्यका नछोड्न नेकपा प्रचण्ड माधव समूहका सांसदहरुलाई निर्देशन

    पोखरा - अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न नेकपा प्रचण्ड माधव समूहका सांसदहरुलाई निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सो निर्देशन दिएका हुन् ।

    images

    उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ । अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए । आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो ।

    मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन् ।

    बुढानीलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालले भेटेका थिए । यसपछि स्थायी कमिटी बैठक सकेर दलको बैठक बोलाइएको थियो ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology