Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीविरुद्धअविश्वास प्रस्ताव अघि बढ्छः देव गुरुङ

प्रधानमन्त्रीविरुद्धअविश्वास प्रस्ताव अघि बढ्छः देव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • २०:२३:१९ बजे
  • 1.9K
    SHARES
  • प्रधानमन्त्रीविरुद्धअविश्वास प्रस्ताव अघि बढ्छः देव गुरुङ

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् ।

    images

    बुधबार नेकपा प्रचण्ड–माधव समूहको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् । संसद शुरु भएपछि दलहरुकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडी बढ्ने बताए । उनले भने ‘पुुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रुपमा यथावत रहेको छ ।

    सदन शुरु भएपछि दलहरुकोबीचमा आपसी सहमति, समझदारीको आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।’ सर्वोच्च अदालतको फैसला अनुसार संसदको अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए । प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताए ।

    सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुशी र बधाई साटासाट गरेको पनि बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # देव गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology