Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

च्याउ खेतीमा रमाउदै नुवाकोटका युवा नरेन्द्र अमात्य

च्याउ खेतीमा रमाउदै नुवाकोटका युवा नरेन्द्र अमात्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • २१:२४:२९ बजे
  • 2.2K
    SHARES
  • च्याउ खेतीमा रमाउदै नुवाकोटका युवा नरेन्द्र अमात्य

    नुवाकोट /बर्तमान परिवेशमा रोजगार र शिक्षा आर्जन गर्न  लगानी गरी गरी खाडिमुलुक  युरोप , अमेरिका लगायत देश नजाने नेपाली युवाहरु बिरलै मात्रै पाईन्छ। यस्तै बिरलै युवाहरु मध्ये नुवाकोट बिदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीका ३२ बर्षिय नरेन्द्र अमात्य  च्याउ खेती (कृषि ) मा आफ्नो भबिस्य खोज्न लागेका छन् ।
    अमात्यले बैभब मल्टिएग्रो फार्म एण्ड नर्सरी नामक एग्रो फार्म दर्ता गरी त्रिशुलीमा रहेको त्रिशुली गंगामाई चलचित्र मन्दिरमा च्याउ खेती गरेका हुन् ।

    images

    12.jpg

    कस्ले कति सम्मान पाउछ भन्ने कुरा अझैपनी हाम्रो समाजमा ब्यक्तीले गर्ने गर्ने श्रमले निर्धारण गर्दछ । श्रमलाई सानो ठूलो छुट्याउने ब्यक्तीभित्रको गलत मानसिकताले निर्धक्क भएर पौरख गर्ने ब्यक्तीहरुलाइ समेत पलायन बनाइरहेको छ । यही सामाजिकरणको असरले ब्यक्तीका पौरखहरु खाडी र युरोपमा छताछुल्ल बनेका छन । स्वदेशमा काम गर्न हिच्किच्याउने तर प्रदेशमा जस्तोसुकै काम गर्न तयार रहने मानसिकताको बिकासलाई हाम्रै समाजले मलजल गरिरहेको बताउदै  अमात्यले समाज र ब्यक्तीले गर्ने चियोचर्चा भन्दा पनि जिवनलाइ सहज बनाउन आफुले गर्ने परिश्रमलाइ निरन्तरता दिन कहिल्यै हिचकिच्याउन हुदैन भन्ने मान्यता बोकेर त्रिशुलीमा रहेको त्रिशुली गंगामाई चलचित्र मन्दिर सञ्चालनका लागी अहिले मापदण्ड नपुगेपछी त्यहि चलचित्र मन्दिर भित्र च्याउ खेती सुरु  गरेका छन् युवा अमात्यले  

    11.jpg
    अमात्यको बुबा महेन्द्र अमात्यले स्थानिय केहि ब्यबसायिहरुसँग मिलेर झण्डै २५ बर्ष अगाडी त्रिशुलीमा त्रिशुली गंगामाई चलचित्र मन्दिरको सुरुवात गर्नु भएको थियो । विभिन्न कारणले हल चालु हुन सकेको थिएन ।
    झण्डै ३ रोपनी क्षेत्रफलमा फैलिएको सिङगो हल केहि बर्ष सम्म यत्तिकै बसेपछी उहाँका युवा अमात्यले नयाँ योजनाको खोजि गर्न थाल्नु भएको थियो । फिल्म हलनै सञ्चालनको लागी प्रशासन र नियामक निकायमा धाउदा मापदण्ड नपुग्ने भएपछी उनि अर्को ब्यबसायिक योजना बनाउदै गएका थिए । नाटकघर सञ्चालन गर्ने, थिएटरको रुपमा बिकसित गर्नको लागी केहि बिशेषज्ञहरुसँग छलफल गरे पनी योजनाले मुर्त रुप नलिए पछी उहाँले ब्यबसायिक रुपमा च्याउ खेती गर्न शुरु गरेका हुन् ।

    अमात्यले अहिले २ जनालाई रोजगरि समेत दिनु भएको छ । दिनभर बिद्यालयमा अध्यापन गराउने उनि बिहान बेलुका आफै च्याउ खेतीको संरक्षणमा खटिने गर्नु भएको छ ।बैदेशिक रोजगारिमा जान ठिक्क परेका २ जनालाई अहिले आफ्नै फार्ममा रोजगारि दिएर राख्नु भएको छ । सुरुमा गरेको परिक्षणमा उत्कृष्ट च्याउ उत्पादन भएपछी हल भरिनै च्याउ लगाउने तयारी गरेका छन् ।

    13.jpg
     ३०, ४० हजार रुपैयाँ कमाउन लाखौँ रुपैया तिरेर बिदेशिनु भन्दा आफ्नै ठाँउमा सानो लगानीबाट राम्रो आम्दानी गर्न सक्ने अमात्यले बताएको छ। तेतिकै रहेको फिल्महललाई प्रयोग गरेर फार्मबाटनै २ सय रुपैयाँ केजिमा अहिले च्याउ बिक्रि हुँदै आएको छ । भएको संरचनालाई प्रयोग गरि च्याउ खेती गर्दा च्याउको आबाश्यक सामाग्री बाहेक अन्य लगानी समेत गर्नु परेको छैन् । बषैँदेखि यत्तिकै खेर गैरहेको संरचनाको समेत सदुपयोग भएको छ ।

    च्याउसँगै अमात्यले बिभिन्न फलफुलका बिरुवाको नर्सरी, गार्डेनमा लगाउने सजावटका बिरुवाहरु लगायतको नर्सरी समेत सँगै लैजाने आगामी योजना रहेको पिटि अनलाइन बताए।
    त्रिशुली सामाजिक क्लबका अध्यक्ष समेत रहेका युवा अमात्यले च्याउ खेतीमा रमाउदै गरे के हुन्न र भन्ने भनाईलाई सार्थक बनाउन लागिपरेको देख्दा तपाईं हामि उत्प्रेरित हुनु पर्ने देखिन्छ । अमात्यको लगन र युवा जोशले सार्थकता पाउन भन्ने कामना गर्दछौं ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology