Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू : प्रचण्ड र गौतमबीच एक घण्टा भेटवार्ता

सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू : प्रचण्ड र गौतमबीच एक घण्टा भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:४०:१६ बजे
  • 868
    SHARES
  • सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू :  प्रचण्ड र  गौतमबीच एक घण्टा भेटवार्ता

    पोखरा -नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    images

    दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।

    सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल-नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम विहान ७ बजे खुमलटार पुगेका थिए ।

    भेटमा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology