Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद

एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:५३:२२ बजे
  • 1.1K
    SHARES
  • एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद

    बीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर बैठकमा कुकले बताएका हुन् ।

    images

    एप्पलले हालै मात्र अहिलेसम्मकै सबैभन्दा ठूलो चौमासिक आम्दानी डेलिभर गरेको थियो । २०२१ फिस्कल वर्षको पहिलो चौमासमा कम्पनीले १११।४ अर्ब डलर ल्याएको हो । कुकका अनुसार कम्पनी अहिले नयाँ प्रविधि र क्षमता लिनमा केन्द्रित भइरहेको छ ।

    पछिल्लो दशकमा एप्पलले ग्रहण गरेको सबैभन्दा ठूलो कम्पनी बिट्स इलेक्ट्रोनिक्स रहेको थियो । हेडफोन निर्माण गर्ने यो कम्पनीलाई एप्पलले ३ अर्ब डलरमा खरिद गरेको थियो । अर्को चर्चित हाइ प्रोफाइल कारोबार भनेको संगीत पहिचान गर्ने सफ्टवेयर कम्पनी, शाजम थियो जसलाई यसले २०१८ मा ४० करोड डलरमा खरिद गरेको हो । तर प्रायः एप्पलले साना प्राविधिक फर्महरु किन्ने गेको छ । त्यसपछि तिनलाई आफ्नै उत्पादन नविकण गर्न प्रयोग गर्ने गर्दछ । यसको एउटा उदाहरण हो प्राइम सेन्स । यो एक इजरायली थ्रीडी सेन्सिङ कम्पनी हो जसकै प्रविधिले एप्पलको फेस आइडी निर्माण गर्न योगदान पुर्याएको थियो ।

    एप्पलले लगानी गर्ने कम्पनीहरु विविध किसिमका रहेका छन् । गत वर्ष यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), भर्चुअल रियालिटी इभेन्ट बिजनेस, पेमेन्ट स्टार्ट अप र पोडकास्ट बिजनेस लगायत विभिन्न थरीका कम्पनी खरिद गरेको थियो । यसपछि २०१९ मा एप्पलले आफैँ चल्ने, सेल्फ ड्राइभिङ सटलफर्म, ड्राइभ।एआइ खरिद गरेको हो । यसले सेल्फ ड्राइभिङ सम्बन्धी एप्पलकै प्रविधिको विकासलाई बढावा दिनेछ ।

    एप्पलको कम्पनी मूल्य हाल २० खर्ब डलर बराबर रहेको छ । त्यसकारण पनि यससँग नयाँ नयाँ फर्ममा हात हाल्न प्रशस्तै पैसा छ । तर ६ वर्षमा १०० वटा कम्पनी खरिद गरिसकेको भएपनि यस काममा एप्पलले ध्यानपूर्वक छनोट गर्ने गरेको छ । जस्तै केही समय अगाडि टेस्लाका मालिक एलन मस्कले २०१३ मा आफू संघर्षरत् अवस्थामा हुँदा कुकलाई आफ्ना विद्युतीय कार खरिद गर्न भनेको तर कुकुले नमानेको खुलासा गरेका थिए ।

    एप्पल जस्तै अन्य ठूला कम्पनीहरुले पनि आफ्नो प्रविधि विस्तार गर्न विभिन्न किसिमका कम्पनीहरुमा लगानी गर्ने गरेका छन् ।

    माइक्रोसफ्टले यसअघि लिंकेडिनका लागि २६ अर्ब तिरेको थियो भने अमेजोनले होल फुड्सलाई १३।७ अर्बमा किनेको हो ।

    त्यस्तै फेसबुकले वाट्सएपलाई १९ अर्ब डलर तिरेर आफ्नो बनाएको थियो । यसमा एप्पलले खरिद गरेका दश सबैभन्दा ठूला कम्पनीलाई मिलाउँदा पनि यिनीहरु भन्दा धेरै कम हुन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology