Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लव नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज फिल्टर म्याग्दीबाट पक्राउ

विप्लव नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज फिल्टर म्याग्दीबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • ०९:५३:०६ बजे
  • 1.6K
    SHARES
  • विप्लव नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज फिल्टर म्याग्दीबाट पक्राउ

    म्याग्दी । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् ।

    images

    बिहीबार साँझ म्याग्दीको मालिका गाउँपालिका २ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।

    राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । पुन विरुद्द एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।

    पुन म्याग्दीको मालिका गाउँपालिका ३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन् । सरकारले चन्द नेकपालाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology