Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फागुन १७ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली पोखरा आउने

फागुन १७ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली पोखरा आउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १३:४६:४१ बजे
  • 1.8K
    SHARES
  • फागुन १७ गते  कार्यकर्ता भेलालाई सम्बोधन गर्न  प्रधानमन्त्री केपी ओली पोखरा आउने

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए ।

    images

    यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्यौं । तर, १७ गते उहाँ आउनुहुन्छ सांसद पहारीले भने, कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।

    फागुन १५ गते हुने भनिएको जनसभालाई सफल पार्न युवा संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२२ जनाको स्वयंसेवक समिति गठन गरिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology