Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला, अध्यादेश कि अधिवेशनको मिति ?

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला, अध्यादेश कि अधिवेशनको मिति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १३:५७:५२ बजे
  • 2.0K
    SHARES
  • मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला, अध्यादेश कि अधिवेशनको मिति ?

    पोखरा । प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

    images

    साँझ बस्ने बैठकले के निर्णय गर्ला भन्ने उत्सुकता छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि बस्न लागेको बैठकबारे उत्सुकता भएको हो ।

    बैठकको जानकारी पाएका एक मन्त्रीले आजको बैठकमा प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिश पठाउनबारे निर्णय हुनसक्ने जानकारी दिए ।

    सर्वाेच्च अदालतले मंगलबार ११ गते प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो ।

    योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

    अर्कातिर प्रधानमन्त्री ओलीले नेकपाको राजनीतिक भविष्य र आफ्नो दल निर्माणका लागि दल विभाजनसम्बन्धि अध्यादेशबारे पनि बैठकमा छलफल गराउन सक्नुहुने स्रोतले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology