Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १४:१३:०० बजे
  • 1.3K
    SHARES
  • नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

    काठमाडौँ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

    images

    उनलाई बिहीबार राति मस्तिष्कघात भएको हो। राति वीर अस्पताल लगिएका जोशीलाई अहिले थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

    जोशीको मस्तिष्कमा रगत जमेको र अहिले शल्यक्रिया गरिएको छ।

    टाउकोमा सामान्य शल्यक्रिया गरी ड्रेन राखिएको जानकारी चिकित्सकहरुले दिएको जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले बताए।

    कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको शीघ्र स्वास्थ्य लाभाको कामना गरेका छन्।

    नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी बिरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु देउवाले भनेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology