Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सीडिओको ब्यापक हेरफेर

कास्की लगाएत ५२ जिल्ला अधिकारी सीडिओको ब्यापक हेरफेर, को कहाँ हेर्नुस

कास्की लगाएत ५२ जिल्ला अधिकारी सीडिओको ब्यापक हेरफेर, को कहाँ हेर्नुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १६:५८:३३ बजे
  • 2.4K
    SHARES
  • कास्की लगाएत ५२ जिल्ला अधिकारी सीडिओको ब्यापक हेरफेर, को कहाँ हेर्नुस

    गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ।

    images

    गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा योगेन्द्रप्रसाद पाण्डे, सिन्धुलीमा सुरेश न्यौपाने, गोरखामा शालिग्राम शर्मा पौडेल, महोत्तरीमा तिर्थराज भट्टराई, सिन्धुपाल्चोकमा अरुण पोखरेल, सुनसरीमा उमेशकुमार ढकाल र सप्तरीमा फणिन्द्रमणी पोखरेली सीडिओका रुपमा सरुवा भएका छन्। उनिहरु सबै सहसचिव हुन्।

    यसैगरि धादिङमा ज्ञानप्रसाद ढकाल, कास्कीमा थानेश्वर गौतम, उदयपुरमा तुलसीराम सेढाँई, कपिलवस्तुमा चक्रपाणी पाण्डे, बर्दियामा सन्तबहादुर सुनार, सर्लाहीमा नारायणप्रसाद भट्टराई, स्याङ्जामा दीपकराज नेपाल, दाङमा दिर्घनारायण पौडेल, कैलालीमा खगेन्द्रप्रसाद रिजाल , रामेछापमा गौलोचन सैजु, बाग्लुङमा शिवकुमार कार्की र सुर्खेतमा छविलाल रिजाल सीडिओका रुपमा सरुवा भएका छन्। उनिहरु पनि सहसचिव हुन्।

    इलाममा ध्रुवबहादुर खड्का, ओखलढुंगामा बन्दना राई, सल्यानमा लक्ष्मीदेवी होमागाई खतिवडा,दोलखामा बासुदेव घिमिरे, दैलेखमा हरिबहादुर प्याकुरेल, नुवाकोटमा जिवनप्रसाद दुलाल, अछाममा रुद्रबहादुर मल्ल, पर्वतमा देवी पाण्डे खत्री, जाजरकोटमा प्रेमप्रसाद देवकोटा, रसुवामा इश्वरीप्रसाद ढकाल, ताप्लेजुङमा उमेश पाण्डे, बझाङमा मोहन अधिकारी, हुम्लामा गणेश आचार्य, दार्चुलामा सिद्धराज जोशी र म्याग्दीमा गणेशप्रसाद अधिकारी सीडिओका रुपमा पुगेका छन्। उनिहरु सबै उपसचिव हुन्। सिद्धराज जोशी र गणेशप्रसाद अधिकारीको पदस्थापन भएको हो।

    सहसचिव सीडिओ हुने चितवनमा उपसचिव प्रेमलाल लामिछानेलाई सीडीओका रुपमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # सीडिओको ब्यापक हेरफेर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology