Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिबन्धित नेकपाका जनसरकार प्रमुख सहित तीन जना पक्राउ

प्रतिबन्धित नेकपाका जनसरकार प्रमुख सहित तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १५, २०७७ शनिवार • १४:४२:४५ बजे
  • 1.4K
    SHARES
  • प्रतिबन्धित नेकपाका जनसरकार प्रमुख सहित तीन जना पक्राउ

    सप्तरी - प्रतिबन्धित नेकपाका जनसरकार प्रमुख सहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका-३ बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल छन् ।

    विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

    पक्राउ परेकाहरुको साथबाट ४ थान मोवाइल, जनविद्राेह लेखिएको एउटा किताब, वीर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यता ठेली १ थान, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगसम्बन्धी  पत्र र युवा संगठन नेपालको आर्थिक सहयोगसम्बन्धी पत्रसमेत सामग्री बरामद भएको छ ।

    पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology