Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महिला नेतृहरुले को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो : कोमल वली

महिला नेतृहरुले को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो : कोमल वली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७७ आइतवार • १०:५४:१३ बजे
  • 2.1K
    SHARES
  • महिला नेतृहरुले को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो : कोमल वली

    नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले महिलाहरुमाथि नै आक्षेप लगाएपछि ओली समूहका नेता कोमल वलीले गम्भीर आपत्ति जनाएका छन् । सार्वजनिक कार्यक्रममा नेता पन्तले लामो समयदेखि पार्टीमा क्रियाशील महिलाहरुले टिकट समेत नपाएको र कोमल वलीले सारी सरक्क पारेर गोरो पिँडुला देखाएको भरमा सांसद भएको टिप्पणी गरेका थिए ।

    images

    नेता पन्तले कोमल वलीलाई पार्टीमा कुनै योगदान नै नभएको भन्दै योगदान भएका महिलाहरुलाई केपी शर्मा ओलीले विभेद गरेको आरोप लगाएका थिए । नेता पन्तको सार्वजनिक अभिव्यक्तिपछि सांसद समेत रहेका नेता वलीले आफुहरुले नेता मानेका रघुजी पन्त निच रहेको खुलेको बताएका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ।’ उनले पन्तलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’ उनले ट्वीट गर्दै यस्तो लेखेका छन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ ।

    पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? केयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ ?

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # कोमल वली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology