Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री केपी शर्मा ओली

प्रचण्ड - नेपाललाई ओलीले दिए 'झुसे बारुला' संज्ञा भने लड्डु खानेहरुले धेरै फूर्ती नलाए हुन्छ'

प्रचण्ड - नेपाललाई ओलीले दिए 'झुसे बारुला' संज्ञा भने लड्डु खानेहरुले धेरै फूर्ती नलाए हुन्छ'

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • १७:१२:०१ बजे
  • 2.2K
    SHARES
  • प्रचण्ड - नेपाललाई ओलीले दिए 'झुसे बारुला' संज्ञा  भने  लड्डु खानेहरुले धेरै फूर्ती नलाए हुन्छ'

    मयुरपाटी न्युज पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमा पदलोलुपता भएको आरोप लगाएका छन्।

    images

    गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रचण्ड-नेपालको चर्को आलोचना गरे।

    पद, पैसा र परिवारबाहेक अन्त प्रचण्ड-नेपालको ध्यान नै नभएको ओलीले आरोप थियो।

    आफू पनि यही देशमा भएकोले आफूलाई भुलेर अघि नबढ्न ओलीको चेतावनी छ।

    'हामी छौं यस देशमा। म तपाइलाई भन्न चाहन्छु। लड्डु खानेहरु हामी यही छ भन्ने नबिर्स,' उनले भने।

    ओलीले सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा हारे पनि आफूलाई केही नहुने जिकिर गरे। उनले अदालतबाट मुद्दा जितेर प्रधानमन्त्री नभएको बताए।

    भने,'जिन्दगीमा गल्ती नगर्ने मुद्दा हार्दै जाने मानिस हुँ। मुद्दा जिताएर कसैले प्रम बनाएको होइन। तपाइँले बनाएको हो।'

    प्रतिनिधि सभा पुनर्स्थापन भएकोमा आफूलाई ठीकै लागेको ओलीको भनाई छ। तर प्रचण्ड नेपालले लड्डू अस्वभाविक भएको ओलीले बताए।

    'प्रतिनिधि सभा पुनस्थापना भो राम्रै भो। उहाँले लड्डु खुवाउनु भो,' उनले भने।

    देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागेको ओलीले आरोप लगाए। अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन ओलीले चुनौती दिएका छन्। प्रस्ताव ल्याएर पास भए जनताकोमा गएर फेरि पदमा आउने उनको भनाई थियो।

    'अविश्वासको प्रस्ताव राख्नुस् हटाउनुस्। पास भएछ भने फेरि जनताको भोट लिएर आउला पहिला पनि हटाएकै हो। जनताको भोट लिएर आए,' उनले भने।

    ओलीले प्रचण्ड-नेपाललाई झुसे बारुलाको संज्ञा दिदै फूर्ती नलगाउन चेतावनीसमेत दिन भ्याए।

    'झुसे बारुलाले फुर्ती नलाए हुन्छ। संघर्ष हाम्रो जीवन हो। लोकतन्त्रको रक्षा गरिन्छ। राजा फालेर आएका हौं,' उनले भने।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology