Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केही मान्छे यो विकास देखेर जलेका छन , ओलीले प्रधानमन्त्री पदबाट आफूलाई हटाएर देखाउन पनि दिए चुनौती

केही मान्छे यो विकास देखेर जलेका छन , ओलीले प्रधानमन्त्री पदबाट आफूलाई हटाएर देखाउन पनि दिए चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७७ आइतवार • १७:१३:०८ बजे
  • 1.9K
    SHARES
  • केही मान्छे यो विकास देखेर जलेका छन , ओलीले प्रधानमन्त्री पदबाट आफूलाई हटाएर देखाउन पनि  दिए चुनौती

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। झापामा आयोजित कार्यक्रममा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती दिएका हुन्। यसअघि पनि अविश्वासको प्रस्ताव आएको तर, जतनामा गएर बहुमत ल्याएको भन्दै ओलीले फेरि पनि दुईतिहाइ ल्याउने दाबी गरे। ‘केपी ओलीलाई हटाएर हेर्नुस्। अविश्वासको प्रस्ताव राख्नुस्,’ ओलीले भने,हटाउन सक्नु भयो भने जनताबाट दुई तिहाइ लिएर आइन्छ। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुन:स्थापना गरे झै हटाउनुस्।

    images

    ओलीले सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा हारे पनि आफूलाई केही नहुने जिकिर गरे। उनले अदालतबाट मुद्दा जितेर प्रधानमन्त्री नभएको बताए। उनले भने, ‘जिन्दगीमा गल्ती नगर्ने मुद्दा हार्दै जाने मानिस हुँ। मुद्दा जिताइदिएर कसैले मलाई प्रधानमन्त्री बनाएको होइन।

    तपाईंहरूले प्रधानमन्त्री बनाउनुभएको हो। जबसम्म नेपाली जनता मेरो साथमा छ, मेरा टाउकामाथि तपाईंको हातको आशिर्वाद जब छ तबसम्म मुद्दा त के भो र ?’ प्रतिनिधि सभा पुनर्स्थापन भएकोमा आफूलाई ठीकै लागेको ओलीको भनाई छ। तर प्रचण्ड नेपालले लड्डू अस्वभाविक भएको ओलीले बताए। उनले भने, ‘प्रतिनिधिसभा पुनस्थापना भो राम्रै भो। उहाँले लड्डु खुवाउनु भो।’ देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागेको ओलीको आरोप छ। प्रधानमन्त्री ‌ओलीले माधव नेपाललाई मिस्टर हेल्लो र प्रचण्डलाई कम्फर्टेबल भनेका छन्।

    एउटा मिस्टर हेल्लो अर्को मिस्टर कम्फर्टेबल, दुइटा मिस्टरले देशलाई बरबाद पार्न लागेका छन्,’ उनले भने। ओलीले देशमा विकासको लहर आएको र त्यो देखेर केही मान्छे जलेको टिप्पणी गरे। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दा पनि केहीका मनमा छटपटी हुने दाबी गरे। ‘केही मान्छे यो विकास देखेर जलेका छन्,’ ओलीले भने, ‘विकासको लहर आएर जलेका छन्। देशमा समृद्धि आएकोमा जलेका छन्।

     समृद्ध नेपाल, सुखी नेपाली सुन्दै उनका मनमा छटपटी हुन्छ।  ओलीले आफूले भोट माग्दा गरेका केही वाचा सम्झिए र ती पूरा गरेको पनि दाबी गरे। आफूले गरेका वाचा सम्झदै उनले भने, तपाईंहरूसँग उहिले भोट माग्दा भनेको थिएँ- तपाईंहरूले भोट दिनुहोस्। म तपाईंहरूलाई किन भोट दिएछु भनेर आत्मग्लानी हुन दिने छैन। तपाईंहरूको अनुहार मलिन हुन दिने छैन। तपाईंहरूको शिर ठडाउने छु, तपाईंहरूको शिर निहुरिन दिने छैन। लोकपाटीले समाचार लेखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology