Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने,निर्वाचन आयोगको तयारी

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने,निर्वाचन आयोगको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७७ आइतवार • १७:५७:२५ बजे
  • 8.3K
    SHARES
  • नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने,निर्वाचन आयोगको तयारी

    निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो ।

    images

    नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ । आयोग स्रोतका अनुसार एकपटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र दाहाल नेपाल समूहको नेकपालाई पत्राचार गरी बोलाउने छ । मौजुदा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि सभा सदस्यहरु कुन पक्षमा बढी छन् भन्ने प्रमाण संकलन गर्नेछ ।

     निर्वाचन आयोगमा संवैधानिक इजलास गठन गर्ने र आवश्यक परेमा एमिकस क्युरी समेत राखेर निर्णय लिने प्रक्रिया समेत मिलाइएको बुझिएको छ । सबै प्रक्रिया अपनाउँदा वैशाखसम्म पनि निर्णय आउन लाग्न सक्छ, आयोग स्रोतले भन्यो । सुर्य चिन्ह र पार्टीको आधिकारिकतको विषयमा आयोगमाथि चौतर्फी दबाब बढिरहँदा प्रक्रियामा गएर टुंगो लगाउने तयारी भएको हो । प्रमाणकै आधारमा कानुन बमोजिम आधिकारिकता दिने निर्णय हुने आयोग स्रोतले जनाएको छ । 

    Source : reportersnepal

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology