Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यानमारमा जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु

म्यानमारमा जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • १८:५२:०२ बजे
  • 1.1K
    SHARES
  • म्यानमारमा जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु

    मयुरपाटी न्युज पोखरा - सैनिक शासनविरुद्ध म्यानमारमा जनसंघर्ष उग्र बनेको छ । जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु भएको छ ।

    images

    आइतबार सडकमा उर्लिएको जनसागरलाई तितरवितर पार्न सेनाले गोली चलाएको थियो । कैयौं घाइते बनेका छन् । अहिले म्यानमारको अवस्था तनावग्रस्त बनेको छ ।

    सेनाको कू पछि म्यानमारमा सेनाविरुद्ध जनप्रदर्शन हुँदै आएको छ । सत्ताविरुद्ध जनता सडकमा उर्लिने क्रम बढेपछि सेनाले आन्दोलन दबाउन बल प्रयोग गरिरहेको छ । गत साता सेनाको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको थियो ।

    नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदै आएको छ । म्यानमारको ठूलो शहर रंगुनसहित विभिन्न शहरमा हरेक दिन विशाल जनप्रदर्शन भइरहेका छन् । जनप्रदर्शनमा सहभागीता बढ्न थालेपछि सेनाले आक्रामक रुपमा दबाउने प्रयास गरिरहेको छ ।

    प्रदर्शनकारीलाई तितरवितर पार्न सेना र प्रहरीले पानीको फोहोर फ्याक्नुका साथै रबरको गोली प्रहार गरेका छन् । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले बहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

    सू ची सहित अरु थुप्रै नेताहरुलाई सेनाले अझै नियन्त्रणमा लिएको छ । साथै रिहा गर्ने कुनै संकेत देखाएको छैन । सेनाको यस्तो कदमप्रति अमेरिका, युरोपेली युनियन सहित थुप्रै देशले विरोध जनाएका छन् । एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology