Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका साता दिनभित्र सञ्चालन हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका साता दिनभित्र सञ्चालन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७७ सोमवार • ०९:५०:५६ बजे
  • 1.2K
    SHARES
  • चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका साता दिनभित्र सञ्चालन हुने

    चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो ।

    images

    आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक÷दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पु¥याउन नसकिएकाले समस्या भएको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको भनाइ छ ।

    भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका उनले बताए । केरुङ नाकाबाट निकासी–पैठारी गर्ने व्यवसायीहरू केरुङमा चीनले अघोषित नाकाबन्दीको जस्तो अवस्था सिर्जना गरेको आरोप लगाउँदै त्यसलाई अनिश्चितकालसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यक सामग्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

    सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५–७ वटा ‘कन्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्री बताउँछन् ।

    केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडिबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गर्छ ।

  • सम्बन्धित विषय:

  • # चीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology