मयुरपाटी न्युज पोखरा - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ।
सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकको मिति भने तय भइसकेको छैन।
सोही बैठकले नेकपाको आधिकारिकताबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।