मयुरपाटी न्युज पोखरा - महोत्तरीबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाका महोत्तरी-सर्लाही इञ्चार्ज पक्राउ परेका छन्।
विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले महोत्तरी-सर्लाही इञ्चार्ज कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो।
आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरिएको हो।
प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखे पनि यसबारे विस्तृत जानकारी दिएको छ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुसलिङ पक्राउ परेको पुष्टि गरे।