Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री ओली आज पोखरा आउदैँ

प्रधानमन्त्री केपी ओली आज पोखरा आउदैँ,यस्ता छन् कार्यक्रम

प्रधानमन्त्री केपी ओली आज पोखरा आउदैँ,यस्ता छन् कार्यक्रम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १७, २०७७ सोमवार • १२:०८:२२ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्री केपी ओली आज पोखरा आउदैँ,यस्ता छन् कार्यक्रम

    मयुरपाटी न्युज पोखरा नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज पोखरा आउने भएका छन्।

    images

    प्रधानमन्त्री ओली जहाजमार्फत् सोमबार पोखरा आउनेछन्।

    प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ।

    उक्त प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ।

    यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। 

    प्रधानमन्त्री ओली आइतबार झापा पुगेका थिए। उनले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए।

    पछिल्लो समय प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यासका कार्यक्रममा देशका विभिन्न ठाउँ पुगेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology