Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी शर्मा ओली नेकपाको सदस्य होइन : माधव नेपाल

केपी शर्मा ओली नेकपाको सदस्य होइन : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७७ सोमवार • १५:४१:३५ बजे
  • 2.2K
    SHARES
  • केपी शर्मा ओली नेकपाको सदस्य होइन : माधव नेपाल

    नेकपाको अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सदस्य नरहेको बताएका छन् । तत्कालिन एमाले र माओवादीको पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता सभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

    images

    उनले पार्टीको विधानअनुसार केन्द्रीय समितिको बहुमत सदस्यले उनलाई कारबाही गरेकाले अहिलेको अवस्थामा ओली नेकपाको सदस्य नहरेको बताएका छन् । उनले आफू संसदीय दलको नेताभन्दै देव गुरुङलाई कारबाही गरेको विषयमा बोल्दै ओलीलाई त्यो अधिकार नरहेको प्रष्ट पारे ।

    पार्टीको विधानअनुसार बहुमत सदस्यले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाएकाले त्यो अधिकार प्रचण्डलाई रहेको बताए । एमाले र माओवादी पार्टीको एकता भएपनि अहिलेसम्म महासंघको एकता भएको थिएन ।

    उनले सर्वोच्चको फैसला नआउँदासम्म ओलीले विभिन्न झुट बोलेर धेरैलाई भ्रममा पारेकोभन्दै अब निर्वाचन आयोगले निर्णय गर्नुभन्दा पहिले त्यस्तै भ्रम फैलाउँदै हिँडेको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology