Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेविसंघका विद्यार्थीहरु पक्राउ

प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेविसंघका विद्यार्थीहरु पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १७, २०७७ सोमवार • १७:५१:०७ बजे
  • 10.2K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेविसंघका विद्यार्थीहरु पक्राउ

     प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघ(नेविसंघ) का विद्यार्थीहरु पक्राउ परेका छन् ।

    images

    गण्डकी प्रदेशस्तरीय कार्यकर्ताहरुलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका विद्यार्थीहरुले नदिपुरमा कालो झण्डा देखाएका थिए । सो क्रममा नेविसंघका विद्यार्थी नेताहरु प्रताप बाँनिया, असिम सुवेदी, सन्देश ठकुरी र रमेश चन्द जैसीलाई प्रहरीले पक्राउ परेका हुन् ।

    नेविसंघले सोमवार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइको माग गरेको छ ।

    प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थलबाटै नियन्त्रणमा परेका नसिब गुरुङलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

    अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको धज्जी उडाउँदै प्रतिगमनको मतियार बन्न खोजेको आरोप लगाएका छन् ।

    गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइ नगरिए आन्दोलनको आँधि बेहरी ल्याउँने बाध्य हुने नेविसंघले चेतावनी दिएको छ ।
    “गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तत्काल रिहाइ गर्न गृह प्रशासनसँग जोडदार माग गर्दछौँ । विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे आन्दोलनको आँधि बेहरी सिर्जना गर्न बाध्य हुनेछौँ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # कालो झण्डा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology