Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुरुङलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिको जिम्मेवारी

गुरुङलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिको जिम्मेवारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १७, २०७७ सोमवार • १८:३२:११ बजे
  • 1.7K
    SHARES
  • गुरुङलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिको जिम्मेवारी

    मयुरपाटी न्युज पोखरा - सरकारले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपति नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

    images

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा राजेशनाथ गंगोललाई र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रबहादुर गुरुङलाई कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिइएको हो।

    यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मंगल रावललाई कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिइएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत संचालित तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकाल आइतबारदेखि सकिएको हो।

    चारवर्ष अघि नियुक्त भएका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत कुमार यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा वुद्धि बहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएको हो।

  • सम्बन्धित विषय:

  • # उपकुलपति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology