Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७७ मंगलवार • ०९:४३:०० बजे
  • 1.7K
    SHARES
  • बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

    स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ ।

    images

    न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

    बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई/तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको सुझाव छ । भट्टराईको यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology