Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा सरकारद्वारा टोली गठन

विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा सरकारद्वारा टोली गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७७ मंगलवार • १३:०९:५६ बजे
  • 1.4K
    SHARES
  • विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा सरकारद्वारा टोली गठन

    सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    images

    गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधि प्रतिबन्ध गरेको थियो । प्रतिबन्धपछि विप्लव समूहका थुप्रै नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

    कतिपय नेता अहिले जेलमा छन्। केही समयअघि विप्लव समूहले प्रतिबन्ध फुकुवा गरे आफूहरू वार्तामा बस्न तयार रहेको बताएको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विप्लव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology