Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारसँग वार्ताका लागि विप्लव नेकपा प्रवक्ता प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय टोली गठन

सरकारसँग वार्ताका लागि विप्लव नेकपा प्रवक्ता प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय टोली गठन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १८, २०७७ मंगलवार • १५:३३:४८ बजे
  • 3.5K
    SHARES
  • सरकारसँग वार्ताका लागि विप्लव नेकपा प्रवक्ता प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय टोली गठन

    पोखरा - प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेकपाले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र उदय चलाउने 'दीपक'को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

    images

    विप्लव नेकपा द्वारा सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिए पनि सार्वजनिक गरिएको थिएन । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए । ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्ने टोली गठन गरिएको जनाएको छन् ।

    सरकारले पनि मंगलबार मात्रै विप्लव नेकपा सँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

    मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले विप्लव नेकपाले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।

    चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'नेपाल सरकारसँग देशका राजनीतिक,आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।'

    सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

    cpn biplop.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology