Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीलाई संस्थापन नेकपामा ठाउँ छैन : माधव नेपाल

ओलीलाई संस्थापन नेकपामा ठाउँ छैन : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७७ मंगलवार • १५:५५:३० बजे
  • 2.1K
    SHARES
  • ओलीलाई संस्थापन नेकपामा ठाउँ छैन : माधव नेपाल

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधव नेपालले आन्दोलनमा रहेका प्रतिगमन विरोधी दलसँग सहकार्य हुने बताएका छन्। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सहकार्यका लागि दलहरूसँग छलफल चलिरहेको बताए। नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीसँग छलफल हुन्छ,उनले भने हामी वा जसले अविश्वासको प्रस्ताव दर्ता गरे पनि समर्थन हुन्छ।

    images

    नेता नेपालले प्रतिनिधिसभामा जुनसुकै दलले अविश्वास प्रस्ताव दर्ता गरे पनि आफूहरूले समर्थन गर्ने बताए। उनले अविश्वास प्रस्ताव सम्बन्धमा संसद् सचिवालयले निर्णय गरी प्रक्रिया अघि बढ्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ पाउने उनले उल्लेख गरे। सच्चिएर आउनेलाई पार्टीमा ठाउँ छ ।

    ४४१ सदस्य सङ्ख्या नै बहुमत र आधिकारिक हो। अब आधिकारिक हुन ब्लड परीक्षण गर्नुपर्ने हो र ? नेपालले भने,के परीक्षण गर्ने ? सबै गर्न तयार छौँ। सानो चोइटो बालुवाटारमा बसेर विशाल पार्टी बन्न नसक्ने  बताए। 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology