Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाका नेता तथा कार्यकर्ता रिहा गर्न सरकार तयार ! सरकारले भन्याे पहिले हतियार बुझाउनुहोस्

नेकपाका नेता तथा कार्यकर्ता रिहा गर्न सरकार तयार ! सरकारले भन्याे पहिले हतियार बुझाउनुहोस्

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • १४:४३:५२ बजे
  • 1.8K
    SHARES
  • नेकपाका नेता तथा कार्यकर्ता रिहा गर्न सरकार तयार ! सरकारले भन्याे पहिले हतियार बुझाउनुहोस्

    अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा करिव दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता रिहा गर्न सरकार तयार भएको छ,दिपा दाहालले देश सञ्चारमा लेखेका छन।

    images

    तर रिहा कहिले र कसरी गर्ने भन्नेबारे भने सरकारले अहिलेसम्म स्पष्ट पारेको छैन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान साढे सातदेखि ११ बजेसम्म भएको पहिलो चरणको वार्तामा सरकारले विप्लव समूहको पहिलो शर्त कार्यान्वयनको सिलसिलामा उसका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको सरकारी उच्च स्रोतले बताएको छ।

    स्रोतले देशसञ्चारलाई भन्यो, बुधबारको वार्तामा विप्लव समूहका तर्फबाट सबैभन्दा पहिले कारागारमा रहेका आफ्ना नेता तथा कार्यकता रिहाको शर्त अघि सारिएको थियो। त्यो पूरा गर्न आफूहरु तयार भएको सरकारी पक्षले जनाएको छ।

    वार्तामा विप्लव समूहका नेता खड्कबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने (दीपक)ले आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि मात्रै बाँकी विषयमा सरकारसँग वार्ता गर्ने अडान लिएका थिए।

    त्यसपछि सरकारका तर्फबाट वार्तामा खटिएका गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई उनीहरुको शर्त पूरा गर्न सरकार तयार रहेको तर केही प्रक्रिया अपनाएर उनीहरुलाई छोड्ने बताएका थिए।

    यता सरकारी टोलीले विप्लव समूहसँग भएको हातहतियार राज्यलाई बुझाएपछि मात्रै वार्ता प्रक्रिया सहज हुने शर्त अघि सारेको छ। त्यस विषयमा विप्लव पक्षले आफ्नो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने सुनाएको थियो।

    अर्को चरणको वार्ता अब कहिले? यसबारे दुवै पक्षले स्पष्ट पारेका छैनन्। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले वार्ता सकिनासाथ सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।

    तर उनले वार्तामा के के विषयमा छलफल र सहमति भयो? अब वार्ता कहिले जस्ता प्रश्नहरुको जबाब दिएका छैनन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology