मयुरपाटी न्युज, पोखरा - नेपाल कम्युनिष्ट पार्टी दाहाल र नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, सूर्य थापा, प्रभु शाह र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा छ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ।
नेकपा दाहाल र नेपाल समूहको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले नेम्वाङ र भट्टराईसहित ८ जनालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो।
यसअघि नेकपा दाहाल र नेपाल समूहको बैठकले केपी शर्मा ओलीलाई पार्टीको संसदीय दल प्रमुखबाट हटाउने निर्णय गरिसकेको छ।