Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौन दुर्व्यवहारको आरोप लागेपछि मन्त्रीले दिए राजिनामा

यौन दुर्व्यवहारको आरोप लागेपछि मन्त्रीले दिए राजिनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७७ बुधवार • १८:०२:१३ बजे
  • 2.2K
    SHARES
  • यौन दुर्व्यवहारको आरोप लागेपछि मन्त्रीले दिए राजिनामा

    भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

    images

    यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियन्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

    उनले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गरेका थिए । उनले प्रहरीमा मन्त्रीविरुद्ध उजुरी पनि दिएका थिए । उनले आफू पीडितको आफन्त पनि नभएको स्पष्ट पारेका थिए ।

    सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुन सक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # यौन दुर्व्यवहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology