Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशको नेतृत्व जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छः देउवा

देशको नेतृत्व जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छः देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७७ बुधवार • १८:०५:२६ बजे
  • 1000
    SHARES
  • देशको नेतृत्व जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छः देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको नेतृत्व लिने जिम्मेवारी आए आफू पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा कांग्रेसका दिवंगत नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्रीका लागि आफू मरिनमेट्ने तर जिम्मेवारी लिनुपर्ने अवस्था आए पछि नहट्ने बताएका हुन् ।

    images

    प्रधानमन्त्री पदका लागि मरिमेट्ने वा भाग्ने कुरा हुँदैन,’ उनले भने, ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ । म पछि हट्दिनँ ।’ सभापति देउवाले कांग्रेसलाई पदको लोभ भने नभएको बताए ।

    कांग्रेसलाई पदको लोभ छैन । टाउकोमा आयो भने भाग्ने पनि छैन, उनले भने, काँधमा आएको जिम्मेवारी हामीले निभाउनुपर्छ ।  सभापति देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद भने नमागेको स्पष्ट पारे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology