Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख भन्दा बढि

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख भन्दा बढि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७७ शुक्रवार • १५:५९:०६ बजे
  • 3.9K
    SHARES
  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख भन्दा बढि

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ। एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

    images

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको छ।

    त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार ६०२ पुगेको छ। भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४७३ रहेको छ भने ६ लाख ३५ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन्।

    भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ। यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार २८१ पुगेको छ। तीमध्ये ११ हजार १९४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५६ हजार ३६९ संक्रमित हुँदा २ हजार २३६ जनाको मृत्यु भएको छ।

    केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १८ हजार ६४५ जना संक्रमित भएका छन् भने ३ हजार ५४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology