Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३३ महिनामा करिब साढे ४७ अर्बको राजश्व छलेर आर्थिक अपराध

३३ महिनामा करिब साढे ४७ अर्बको राजश्व छलेर आर्थिक अपराध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७७ बिहिवार • ०९:४४:०१ बजे
  • 1.8K
    SHARES
  • ३३ महिनामा करिब साढे ४७ अर्बको राजश्व छलेर आर्थिक अपराध

    विभिन्न उपाय अपनाएर राजश्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजश्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग कै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बौं राजश्व छलेको पाइएको हो ।

    images

    मुलुकलाई ठूलो घटना पुर्याउन खोज्ने आर्थिक अपराधको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिमा झण्डै साढे ४७ अर्ब रुपैयाँ राजश्व छल्नेलाई धमाधम कानुनी दायरामा ल्याइएको हो । राजश्व अनुसन्धान विभागले सो अवधिमा राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरुको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ ।

    त्यसैगरी नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि करको झुटो विवरण पेस गर्ने लगायतका कसुरमा करिब १ हजार फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    विभागले यस अवधिमा आर्थिक अपराधमा संलग्न विभिन्न फर्मका सञ्चालक विरुद्ध ४७ अर्ब ३३ करोड रुपैयाँ माग दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । आजकोराजधानी दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology