Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विदेशमा सुनको गरगहना निर्यात हुन थाल्यो

विदेशमा सुनको गरगहना निर्यात हुन थाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७७ बिहिवार • ०९:५७:२६ बजे
  • 1.6K
    SHARES
  • विदेशमा सुनको गरगहना निर्यात हुन थाल्यो

    मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको भन्सार विभागको तथ्यांक छ ।

    images

    पछिल्लोपटक आव २०७२/७३ मा चीनमा ६१५ केजी बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि गत आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् ।

    चालू आवको शरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ७ महीना अर्थात् माघसम्म रू. १५ करोड ६७ लाख ६९ हजारको सुनका गरगहना निर्यात भएको छ । यस अवधिमा साढे १२ केजी बराबरको सुनका गरगहना निर्यात भएका छन् ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले पछिल्लो समय नेपालबाट सुनका गरगहना निर्यात हुन थालेको बताए । ‘गत आवसम्म यस्ता गरगहनाको त्यति निर्यात भएको देखिँदैन । तर, यस वर्ष भने यसको निर्यात भएको छ, उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology