Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लव

‘विप्लव’का नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

‘विप्लव’का नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • १०:३६:५४ बजे
  • 2.1K
    SHARES
  • ‘विप्लव’का नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

    मयुरपाटी न्युज पोखरा - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

    images

    विप्लव नेकपा सँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयलले नेकपाका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

    वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेकपाका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका हुन ।

    सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव नेकपाका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने नीति लिएको थियो ।

    विप्लव नेकपाले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology