Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिबन्ध हट्यो

विप्लव नेकपा माथीको प्रतिबन्ध हट्यो, विप्लव भोली काठमाण्डौ आउने

विप्लव नेकपा माथीको प्रतिबन्ध हट्यो, विप्लव भोली काठमाण्डौ आउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • ११:२९:०१ बजे
  • 1.8K
    SHARES
  • विप्लव नेकपा माथीको प्रतिबन्ध हट्यो, विप्लव भोली काठमाण्डौ आउने

    मयुरपाटी न्युज पोखरा -हिंसात्नक गतिबिधिमा अग्रसर रहेको भन्दै दुई बर्ष अघि नेपाल सरकारले प्रतिबन्ध लगाएको बिद्रोही नेकपा शान्तिपुर्ण राजनितीमा आएका छन।

    images

    बिहिवार बिहान सरकारी पक्ष र बिद्रोही नेकपा वीच भएको वार्तामा तीन बुदे सहमति भएको छ । उक्त सहमतिमा बिद्रोही नेकपाले समस्याको समाधन संम्बादबाट खोज्ने, सम्पुर्ण राजनैतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा संञ्चालन गर्ने र राज्यले नेकपा माथी लगाएको प्रतिबन्धहटाउने , सम्पुर्ण बन्धीहरुको रिहाई र मुद्दा खारेजी लगाएतको सहमति भएका छन ।

    सहमतिको विस्तृत विवरण भोली २१ गते शुक्रवार विशेष समारोहबाट सार्वजनिक गरिने सरकारको तर्फवाट वार्ताका सयोजक मन्त्री राम बहादुर थापा र नेकपाका तर्फ बाट सयोजक प्रकाण्डले सयुक्त रुपमा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

    भोली हुने समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन ।
    हिंसात्मक गतिविधिमा आएको भन्दै सरकारले गत २०७५ साल फागुन २८ गते देखि नेकपा माथी प्रतिबन्ध लगाएको थियो ।

    157010343_265996535196128_1723518168891391435_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology